Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • जोखिम भत्ताको माग गर्दै स्वास्थ्यकर्मीहरु आन्दोलित

    जोखिम भत्ताको माग गर्दै स्वास्थ्यकर्मीहरु आन्दोलित

    अनलाइन नेपाल
  • बुधबार, ७ साउन २०७७
  • 4.9K
    SHARES

    काठमाडौं । कपिलवस्तुको यशोधरा गाँउपालिकाभित्रका स्वास्थ्य कर्मचारीहरु जोखिम भत्ता नपाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।

    जिल्लाको सबैभन्दा बढी कोरोना जोखिम मानिने गाउँपालिकामा कोरोना संक्रमणका बेला काममा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएपछि गाँउपालिकाका स्वास्थ्यका कर्मचारीले आन्दोलन सुरु गरेका हुन् ।



    स्वास्थ्यकर्मीले गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाललाई ज्ञापनपत्र समेत बुझाएका छन् । साउन ४ गते बसेको उनीहरुको बैठकले मागहरु पुरा नभए चरणबद्ध आन्दोलनमा जाने निर्णय गरेको छ ।



    गाँउपालिकाले हालसम्म कोरोना संक्रमण सचेतना, राहत र व्यवस्थापन सम्बन्धि कार्यक्रमकै लागी २ करोड २८ लाख बढि रकम खर्च गरेको बताइएको छ । तर कार्यक्षेत्रमा खटिएर काम गरेका स्वास्थ्यका कर्मचारीलाई सरकारले देऊ भनेको सुविधा समेत खोसिएको स्वास्थ्यकर्मीले गुनासो रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार