Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • स्वास्थ्य मन्त्रालयका सचिवदेखि पियनसम्मलाई जोखिम भत्ता, स्वास्थ्यकर्मी रित्तै

    स्वास्थ्य मन्त्रालयका सचिवदेखि पियनसम्मलाई जोखिम भत्ता, स्वास्थ्यकर्मी रित्तै

    अनलाइन नेपाल
  • सोमबार, १० फाल्गुन २०७७
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना संक्रमितको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मी सरकारले तोकेको जोखिम भत्तासमेत नपाएको भन्दै आन्दोलनमा छन् ।

    स्वास्थ्य मन्त्रालयका पदाधिकारी र कर्मचारीले भने कोरोना अवधिमा काम गरेको भन्दै मनग्ये भत्ता लिएका छन् ।



    बैठक भत्ता लिएकाहरूले त्यही दिनको जोखिम भत्ता पनि लिएका छन् । काज भ्रमणमा जाने कर्मचारीले पनि भ्रमण र जोखिम दुवै भत्ता थापेका छन् ।



    एउटै व्यक्तिले जोखिम भत्ता, बैठक भत्ता र भ्रमण भत्ताबापत रकम लिएको पाइएको छ ।

    स्वास्थ्य मन्त्रालयका सचिवदेखि पियन र चालकसम्मले कात्तिकसम्मको भत्ता लिइसकेका छन् । मन्त्रालयमा बस्नेहरूले कोभिड भत्ता भन्दै तलब सुरु स्केलको ५० प्रतिशत भत्ता लिएका हुन् ।

    कसले कति बुझे ?
    लक्ष्मण अर्याल (सचिव) – १,३१,०८९
    यादवप्रसाद कोइराला (सचिव) – ५५,०२५
    डा. दीपेन्द्ररमण रेग्मी (महानिर्देशक) – ५७,४५३
    डा. रोशन पोखरेल (प्रमुख विशेषज्ञ) – १,६३,४५७
    महेन्द्रप्रसाद श्रेष्ठ (प्रमुख विशेषज्ञ) – ४४,५०६
    दामोदर रेग्मी (सहसचिव) – ३९,७९०
    शैलजा रेग्मी भट्टराई (सहसचिव) – १,४६,८५४
    रघुराम विष्ट (सहसचिव) – १,११,०३५
    डा. विकास देवकोटा (प्रमुख अस्पताल प्रशासक) – १,५०,४८०
    डा. गुणराज लोहनी (प्रमुख स्वास्थ्य प्रशासक) – १,५५,२०४
    मदनकुमार उपाध्याय (प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट) – ३५,०८९
    रीता भण्डारी जोशी (प्रमुख जनस्वास्थ्य प्रशासक) – ३०,३६६
    डा. जागेश्वर गौतम (प्रवक्ता) – १,०३,२४४
    आजको कान्तिपुर दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार