Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एभरेस्ट बैंकका कर्मचारीमा कोरोना संक्रमण, मुख्य कार्यालय दुई दिन बन्द

    एभरेस्ट बैंकका कर्मचारीमा कोरोना संक्रमण, मुख्य कार्यालय दुई दिन बन्द

    अनलाइन नेपाल
  • सोमबार, २६ साउन २०७७
  • 2.8K
    SHARES

    काठमाडौँ । लाजिम्पाटस्थित एभरेस्ट बैंकको मुख्य कार्यालय र एक शाखा कार्यालय दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाे छ। कोरोना संक्रमण पुष्टि भएलगत्तै दुई दिनका लागि मुख्य कार्यालय र शाखा कार्यालय बन्द गरिएको छ । सोमबार र मंगलबारका लागि कारोबार बन्द गरिएको हो ।

    बुधबारदेखि नियमित रुपमा मुख्य कार्यालयबाट सेवा सुचारु हुने बैंककाे प्रशासन शाखाले जनाएको छ । आइतबार बैंकको सो कार्यालय ‘डिसइन्फेक्टेड’ गरिएकाले दुई दिनका लागि सेवा बन्द गरिएको हो ।



    मुख्य कार्यालय बन्द भए पनि बैंकको अरु शाखा कार्यालयबाट हुने सेवा नियमित रहेको र कुनै अवरोध नभएको बैंकले जानकारी दिएको छ । ‘हाम्रो क्लियरिङको काम बानेश्वर शाखाबाट हुन्छ,’ स्रोतले भन्यो ,‘यसकारण क्लियरिङलगायत बैंकको सबै काम नियमित रुपमा भइरहेको छ ।’



    दुई दिनका लागि लाजिम्पाट स्थित कार्यालय बन्द भएकाले यहाँका ग्राहकले आफूलाई पायक पर्ने अर्को शाखाबाट सेवा लिन पनि बैंकले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार