Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • यूएईको विमानस्थलमा रोकिए १७ नेपाली

    यूएईको विमानस्थलमा रोकिए १७ नेपाली

    अनलाइन नेपाल
  • सोमबार, २६ साउन २०७७
  • 4.2K
    SHARES

    काठमाडौँ । यूएईको दुबई अन्तराष्ट्रिय विमानस्थलमा स्वदेश फर्किन लागेका १७ जना नेपाली युवा रोकिएका छन् । फर्किन लागेकामध्ये एक युवाले भने,’आफूहरुलाई विमानस्थल अध्यागमनले रोकेको छ।’

    पाँच महिनादेखि अलपत्र परेका उनीहरु सोमबार स्वदेश फर्किनको लागि विमानस्थलमा पुगेका थिए । उनीहरुलाई अध्यागमनले १२ सय ८७ दिराम (नेपाली करिब ४२ हजार) जरिवाना तिर्नुपर्ने बताएको छ । उनीहरुको स्थानीय समय सोमबार बिहान १ बजे नेपाल एयरलाइन्सको उडानमा टिकट थियो ।



    उनीहरु यूएईको फ्लेक्स फ्यासेलेटी म्यानेजमेन्ट कम्पनीमा कार्यररत थिए । नेपाली राजदूतावास आबुधाबीको सहयोगमा अलपत्र उनीहरुलाई कम्पनीले नै टिकट उपलब्ध गराएको थियो ।



    कम्पनीमा काम गर्ने ३ सय ५० जनामध्ये धेरैजसो आफ्नै खर्चमा नेपाल अाएका छन् । टिकट काट्न नसकेका उनीहरु १७ जना भने पैसाको अभावमा यूएईमै अलपत्र अवस्थामा थिए । उनीहरुले जुलाई १९ तारिख नेपाली राजदूतावास आबुधाबी र परराष्ट्र मन्त्रालय काठमाडौंमा ईमेल मार्फत टिकट काटेर नेपाल जान नसक्ने अवस्था रहेको भन्दै निवेदन पनि गरेका थिए । फर्किनै लाग्दा विमानस्थलले रोकिदिएपछि उनीहरुको समस्या अरु बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार