Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ‘छिमेकीको अतिक्रमणकारी नीतिका कारण सिमानामा समस्या’

    ‘छिमेकीको अतिक्रमणकारी नीतिका कारण सिमानामा समस्या’

    अनलाइन नेपाल
  • बुधबार, २८ साउन २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले भारतलाइ टार्गेट गरी सीमा समास्याकाे कुरा उठाएका छन्। उनले छिमेकीको अतिक्रमणकारी नीतिका कारण सिमानामा समस्या देखिएको बताए।

    बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले छिमेकीको कहिले पिलर फालिदिने, कहिले नेपालभित्र ल्याएर गाडिदिने जस्तो व्यवहारका कारण सीमा समस्या देखिएको बताएका हुन् ।उनले छिमेकी भने पनि देशको नाम भने लिएनन् ।



    नेपाल र भारतबीच सीमा निर्धारण गर्दा नदीलाई सीमा मान्ने सिद्धान्तलाई प्रचलनमा ल्याइएको भन्दै गृहमन्त्री थापाले नदीले धार परिवर्तन गर्दा पनि सीमा परिवर्तन भएको बताए । सीमा विवाद दुई पक्षबीचको समस्या भन्दै मन्त्री थापाले कुटनीतिक माध्यमबाट समाधानका लागि परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार