Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द

    सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द

    अनलाइन नेपाल
  • बुधबार, २८ बैशाख २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गरिएको छ ।

    स्थानीय तहको निर्वाचनका लागि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै नाका बन्द गरिएका हुन् ।



    यस्तै मतदान हुने दिन आन्तरिकरूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्ने व्यवस्था मिलाइएको छ ।



    उम्मेदवार र अत्यावश्यक सेवाका लागि सवारी आवागमन अनुमतिको मापदण्ड जारी गरी पास उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

    निर्वाचनमा शान्ति सुरक्षाको स्थिति कायम राख्न मौन अवधि सुरु भएपछि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि स्थानीय प्रशासनको समन्वयमा तोकेका क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन गर्न सख्त निषेध गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार