Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पर्सामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

    पर्सामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । पर्सामा थप ३७ जनामा कोरोना पुष्टि भएको छ । बुधबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तिमध्ये एक जना संक्रमित बारा परसौनीका हुन् भने १२ जना महिला हुन् ।

    ३७ जना संक्रमितमध्ये २६ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना संक्रमण पोजिटिभ देखिएका हुन् ।



    कोरोना संक्रमण पुष्टि भएकाहरुमा वीरगञ्ज–११ पानीट्यांकीको २८ वर्षीय, वीरगञ्जकै १४ वर्षीया किशोरी, २३ र २२ वर्षीय युवक र ४५ वर्षीय पुरुष तथा वीरगञ्ज–९ को २९ र ३२ वर्षीया महिला तथा १२ वर्षीया बालिका रहेका छन् ।



    त्यसैगरी वीरगञ्ज–१० घडिअर्वाका ५४ वर्षीय पुरुष, १० र ८ वर्षीय बालक, वीरगञ्ज–१० कै १८ वर्षीय युवक, वीरगञ्ज–९ घण्टाघरका ५५ र ३८ वर्षीय पुरुष, ५०, २६, ३७ वर्षीया महिला, ९ र ५ वर्षका बालिका तथा ७ वर्षका बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    वीरगञ्ज–९ रानीघाटका ५४, ४५, ४१, २४, २५ वर्षीय पुरुष र ३७ वर्षीया महिला तथा वीरगञ्ज–९ गणेशटोलका ४५ वर्षीय पुरुष र वीरगञ्ज लालपर्साका २६ वर्षीय युवकको पनि कोरोना परीक्षण पोजेटिभ रिपोर्ट आएको छ । बाराको प्रसौनी गाउँपालिका–१का ३३ वर्षीय पुरुष, वीरगञ्ज कारागारका ३७ वर्षीया महिला र ८ वर्षीय बालकमा कारोना देखिएको हो ।

    योसँगै पर्सामा कोरोना संक्रमित १ हजार १ सय ४५ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार