Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नारायणी अस्पतालका १२ जनासहित प्रदेश २ मा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

    नारायणी अस्पतालका १२ जनासहित प्रदेश २ मा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, ३० साउन २०७७
  • 2.9K
    SHARES

    काठमाडौं। प्रदेश नम्वर २ का पर्सा, बारा र महोत्तरीका थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोराना संक्रमण पुष्टि भएको हो ।

    वीरगञ्जका २४ जना, बाराका २१ जना, महोत्तरीका २ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी भारतीय महावाणिज्य दूतावासका ३२ वर्षीय कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।



    संक्रमितमध्ये २ जना महिला चिकित्सक छन् । नारायणी अस्पतालका १ जना चिकित्सकसहित ४ जना कर्मचारी, ३ जना सफाइ कर्मचारी र एकजना कार्यालय सहयोगी र ३ जना सेक्युरिटी गार्डमा कोरोना संक्रमण देखिएको हो ।



    योसँगै पर्सामा मात्रै कोरोना संक्रमितको संख्या ११६५ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार