Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • टिचिङ अस्पतालका थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

    टिचिङ अस्पतालका थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, ३० साउन २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    बुधबार इमर्जेन्सीमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा थप ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।



    नयाँ संक्रमितहरु इमरजेन्सी वार्डको नभए पनि कुन वार्डको छन् भनेर छुट्याउन बाँकी रहेको अस्पतालले जनाएको छ । यद्यपी अहिले इमरजेन्सी वार्ड भने सिल गरिएको छ ।



    योसँगै त्रिवि शिक्षण अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या २२ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार