Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • काठमाडौंका ८० सहित उपत्यकामा थपिए ९८ जना कोरोना संक्रमित

    काठमाडौंका ८० सहित उपत्यकामा थपिए ९८ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • शनिबार, ३१ साउन २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित प्रेस ब्रिफिङका क्रममा विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा काठमाडौंमा ८०, ललितपुरमा ९ र भक्तपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

    स्वास्थ्य मन्त्रालयका पछिल्लो २४ घण्टामा देशभर ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । २६ हजार १९ पुगेको छ भने निको भई डिस्चार्ज हुनेको संख्या १७ हजार २०१ पुगेको छ ।



    नेपालमा हालसम्म कोरोना संक्रमणबाटै १०२ जनाको मृत्यु भइसकेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार