Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गर्ने तयारी

    एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गर्ने तयारी

    अनलाइन नेपाल
  • आइतबार, ३२ साउन २०७७
  • 4.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गर्ने तयारी थालेको छ । बोर्डले सबै कर्मचारी र सदस्यलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

    बोर्डले परीक्षाफल प्रकाशित गर्नुअघि सहमतिको लागि सिसिएमसि मार्फत मन्त्रीपरिषद्मा प्रस्ताव पठाएपछि मन्त्रीपरिषदको बैठकले परीक्षाफल प्रकाशित गर्न सहमति दिएको बुझिएको छ । बोर्डले परीक्षाफल प्रकाशन गर्न लागेको हो ।



    परीक्षा नियन्त्रण कार्यालय (एसइई)ले परीक्षाफल तयार गरी बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेल र सदस्य सचिव दुर्गा अर्याललाई जानकारी गराएको थियो । बोर्डका अध्यक्ष पौडेलले तयारी अवस्थामा रहेकोले कहिले हुन्छ भन्न नसकिने बताए ।



    तर  मंगलबार भित्र परीक्षाफल प्रकाशित भैसक्ने एक स्रोतको दाबी छ । विद्यालयले प्रमाणित गरी पठाएको विवरण शिक्षा विकास तथा समन्वय इकाईले तयारी गरी पनिकामा पठाएको थियो । पनिकाले अंकलाई अक्षरांङक प्रणालीमा तयार गरेको छ ।

    तत्काल परीक्षाफल प्रकाशित गर्दा निजी विद्यालयले भर्ना खुला गर्ने र विद्यालयमा भीडहुने देखिएपछि बोर्डले मन्त्रालय र मन्त्रालयले सिसिएमसिसंग सल्लाह लिएको थियो । सरकारले यो वर्षको एसईई विद्यालयले तीनपटक सञ्चालन गरेको परीक्षाको अन्तिम मुल्याङकन गरी त्यसको आधारमा अंक दिने र त्यसलाई ईकाईले प्रमाणित गरी पनिकामा पठाउने व्यवस्था गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार