Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • तीन सुरक्षा निकायको घेराभित्र एसईईको प्रश्नपत्र छपाइ शुरू, ४० जना कर्मचारी परिचालित

    तीन सुरक्षा निकायको घेराभित्र एसईईको प्रश्नपत्र छपाइ शुरू, ४० जना कर्मचारी परिचालित

    अनलाइन नेपाल
  • शुक्रबार, ४ फाल्गुन २०८०
  • 753
    SHARES

    फाइल तस्विर

    काठमाडौं । यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र आज शुक्रबारबाट छपाइ शुरू हुने भएको छ। पाँच दिनअघि बसेको सुरक्षा समितिको बैठकको निर्णयपछि आजबाट छपाइ शुरू हुने भएको हो।

    प्रश्नपत्र छपाइ गर्न राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलसहितको टोली जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मुद्रणालय (सेक्युरिटी प्रेस) मा प्रवेश गरेको छ।



    यो वर्षको परीक्षामा ५ लाख ४ हजार विद्यार्थीलाई पुग्ने गरी करिब ५० लाख थान प्रश्नपत्र छपाइ हुनेछ । परीक्षामा नयाँ, पुरानो र ग्रेडवृद्धि परीक्षाको छुट्टछुट्टै प्रश्नपत्र छपाइ हुनेछ । बोर्डले प्रदेशअनुसार फरकफरक सेटको प्रश्नपत्र छपाइ गर्ने जनाएको छ।



    नेपाली सेनासहित तीन सुरक्षा निकायको घेराभित्र प्रश्नपत्र छपाइ शुरू हुन लागेको हो। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिलकुमार झाले ७५ जनाको सुरक्षा घेरामा प्रश्नपत्र छाप्न थालिएको जानकारी दिए ।

    सुरक्षाको कमान्ड नेपाली सेनाका सेनानीले गरेका छन्। प्रेसभित्र नेपाली सेना, त्यसपछि सशस्त्र र सबैभन्दा बाहिरी घेरामा नेपाल प्रहरीको टोली परिचालित छन् । केन्द्रका करिब ४० जना कर्मचारी परिचालित छन्।

    परीक्षा नियन्त्रक पौडेलले प्रश्नपत्र छपाइ गर्न सबै तयारी पूरा भइसकेको जानकारी दिए । प्रबन्ध सञ्चालक झाले फागुन मसान्तभित्र सबै प्रश्नपत्र छपाइ भइसक्ने जानकारी दिए ।

    रेक्युरिटी प्रेसको सुरक्षा दिन सशस्त्र र नेपाल प्रहरीको टोली बिहीबार प्रेसमा पुगिसकेको छ । प्रश्नपत्र छाप्न पहिलो घेरामा नेपाली सेनाको सेनानीको कमान्डमा रहने गरी २७ जना सेना परिचालित छन् ।

    छपाइ भइसकेको प्रश्नपत्र जनक शिक्षाबाटै सम्बन्धित केन्द्रम ढुवानी हुनेछन् । बोर्डले प्रदेश प्रहरी कार्यालयसँग समन्वय गरी इलाका र जिल्ला प्रहरी कार्यालयमा प्रश्नपत्र पुर्‍याउने व्यवस्था गरेको छ।

    बोर्डले विद्यार्थी संख्याभन्दा करिब १० प्रतिशत बढी प्रश्नपत्र छपाउने छ। हरेक विषयको फरकफरक सेट प्रश्नपत्र छपाइ गर्नेछ। परीक्षामा साधारण र प्राविधिक धारतर्फ गरी दुई प्रकारको परीक्षा हुनेछ।

    जनक शिक्षासँग रहेको दुईवटा सेक्युरिटी प्रेसमा प्रश्नपत्र छपाइ हुनेछ । सेक्युरिटी प्रेसमा नेपाली सेना र जनक शिक्षाकै सम्बन्धित कर्मचारीबाहेक कसैलाई पनि प्रवेश दिइँदैन। चैत १५ गतेबाट हुने परीक्षा चैत २७ मा सकिने छ।

    परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा सञ्चालन हुनेछ। परीक्षामा करिब ५ लाख विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार