Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एसईईको नतिजा शनिबारसम्म सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

    एसईईको नतिजा शनिबारसम्म सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा यसै साता सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

    परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार असार २३ गते शनिबारसम्म नतिजा सार्वजनिक गर्ने तयारी भएको हो ।



    उनले यही हप्ता नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए । नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको बोर्डले जनाएको छ ।



    प्राविधिक समस्या आए नतिजा प्रकाशन अर्को साता धकेलिन पनि सक्ने बताइएको छ । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार