Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • अस्पतालले लिन नमान्दा होम आइसोलेसनमा बसेका विराटनगरका कोरोना संक्रमितको मृत्यु

    अस्पतालले लिन नमान्दा होम आइसोलेसनमा बसेका विराटनगरका कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ५ भाद्र २०७७
  • 3K
    SHARES

    काठमाडौं । विराटनगरमा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका विराटनगर महानगरपालिका–६ सरोचियाका का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    बुधबार रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसन बेड अभावमा घरमै बसिरहेका ४५ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको वडा अध्यक्ष विजय कामतले जानकारी गराएका छन् ।



    पीसीआर परीक्षणका लागि भदौ १ गते सोमबार उनको स्वाब संकलन गरिएको थियो। रिपोर्ट पोजिटिभ आएपनि कोभिड अस्पतालमा आइसोलेसन बेडको अभाव रहेको भन्दै उनलाई होम आइसोलेसनमै राखिएको थियो।



    स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अस्पतालको आइसोलेसनमा लैजाने तयारी गर्दा बेड खाली नभएको भन्दै अस्पतालले लिन नमानेपछि ति पुरुषको घरमै मृत्यु भएको हो ।

    योसँगै विराटनगरमा हालसम्म कोरोना कारण ९ जनाले ज्यान गुमाइसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार