Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • संसदीय समितिको सरकारलाई निर्देशन-१० हजार भेन्टिलेटर/आइसीयू तत्काल व्यवस्था गर्नू

    संसदीय समितिको सरकारलाई निर्देशन-१० हजार भेन्टिलेटर/आइसीयू तत्काल व्यवस्था गर्नू

    अनलाइन नेपाल
  • शुक्रबार, ५ भाद्र २०७७
  • 3.2K
    SHARES

    काठमाडाैं । प्रतिनिधि सभाको कानून न्याय तथा मानवअधिकार समितिले देशका ७७ वटै जिल्ला सदरमुकाममा कोभिड–१९ को पीसीआर परीक्षणको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

    समितिको भर्चुअल बैठकले कन्ट्याक्ट ट्रेसिङ बढाउन समेत सरकारको ध्यानाकर्षण गराएको छ। समितिले स्वास्थ्य मन्त्रालयका निमित्त सचिव रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण सिंह र रोग नियन्त्रण महाशाखाका निर्देशक बासुदेव पाण्डेसँग छलफल गरेको थियो ।



    बैठकपछि सभापति कृष्णभक्त पोखरेलले दिएको निर्देशनमा सरकारलाई दश हजार भेन्टिलेटर र आइसीयू व्यवस्था गर्न सुझाइएको छ। साथै समितिले भेन्टिलेटर सञ्चालन गर्न सक्ने जनशक्ति समेत तत्कालै भर्ना गर्न निर्देशन दिएको छ । समितिले कोभिड डेडिकेटेड अस्पतालको संख्या वृद्धि गर्ने सुझाएको छ । यदि सम्भव नभए एउटै अस्पतालबाट सेवा सञ्चालन गर्दा आवश्यक सावधानी र उचित सतर्कताको प्रबन्ध मिलाउन निर्देशन दिएको छ ।



    समितिले निजी अस्पताल र मेडिकललाई समेत राज्यको तर्फबाट स्रोत साधन उपलब्ध गराएर कोरोना उपचारमा प्रयोग गर्नु उचित हुने ठहर गरेको छ। समितिले कोभिड–१९ को व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन प्रोत्साहन र बीमाको व्यवस्था गर्न समेत सुझाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार