Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • अपराध महाशाखाको एक्सनले ठुलो दुर्घटना टर्‍यो

    अपराध महाशाखाको एक्सनले ठुलो दुर्घटना टर्‍यो

    अनलाइन नेपाल
  • शनिबार, ६ भाद्र २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । केहीदिन अघि विशेष सुचनाकाे आधारमा प्रहरीले तत्काल एक्सन लिँदा भविष्यमा हुने ठुला दुर्घटना टरेकाे छ।

    राजधानीको बालाजुस्थित माछापोखरीबाट प्रहरीले बरामद गरेको दुई पेस्तोल सर्लाही र महोत्तरीको सिमानाको बाँके जंगलमा ‘बस डकैती’ मा प्रयोग भएको खुलेपछि भविष्यमा हुने ठुला दुर्घटना टरेकाे अनुमान गरिएकाे छ।



    महानगरीय अपराध महाशाखाले बुधवार दुई पेस्तोलसहित माछापोखरीबाट नुवाकोटका बिकेश पण्डित र नुवाकोटबाट अमर तामाङलाई पक्राउ गरेको थियो । अमरको बयानको आधारमा धनुषाका ३० वर्षीय शम्भु कार्कीलाई पनि महाशाखाले पक्राउ गरेर काठमाडौंँ ल्याएको छ ।



    जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा शम्भुलाई शुक्रवार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

    हतियार सहित पक्राउ परेका समूहले दशैंको बेला सो पेस्तोल प्रयोग गरेर ‘लुटपाट’ गर्ने योजना बनाएको आशँका गरिएको छ । महाशाखाको अप्रेशनपछि अर्को ठुलो अपराधा योजना विफल भएको छ ।

    माछापोखरीबाट बरामद दुई पेस्तोल, म्यागजिन र १० राउण्ड गोली ०७० मा बाँके जंगलमा भएको ‘बस डकैती’ मा प्रयोग भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    ९ जनाको समूहले बस डकैती गरेकाे समेत अनुसन्धानबाट खुलेकाे छ। पेस्तोल र गोलीसहित पेस्तोल परेको समूहमाथि प्रहरीले ‘हात हतियार तथा खरखाजना मुद्धा’मा अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार