Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • टिचिङमा मृत्यु भएका उदयपुरका शिक्षकमा कोरोना पुष्टि

    टिचिङमा मृत्यु भएका उदयपुरका शिक्षकमा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, १२ भाद्र २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा मृत्यु भएका उदयपुरको त्रियुगा नगरपलिका–४ का ५२ वर्षीय शिक्षकमा कोरोना पुष्टि भएको छ ।

    उनलाई निमोनियाको आशंकामा गत मंगलबार राति ११ बजे शिक्षण अस्पतालमा पुर्‍याइएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।



    ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएका उनी साउन २८ देखि बिरामी रहेको बताइएको छ । भदौ २ गते जिल्ला अस्पताल बोक्सेमा पुगेका उनी सामान्य उपचारपछि घर फर्किएका थिए ।



    तर, त्यहाँ ठिक नभएपछि भदौ ६ गते उनले त्रियुगा नगरपालिका–३ स्थित राजेश हेल्थकेयर सेन्टर प्रालिमा भर्ना भएका थिए ।

    त्यहाँ पनि ठिक नभएपछि उनलाई ९ गते उनलाई त्रियुगाबाट टिचिङ अस्पताल ल्याइएको थियो । सोही दिन स्वाब झिकेर उपचार थालिएकोमा बिहीबार राति उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार