Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोना बीमा गराउनेको संख्या १० लाख नाघ्यो

    कोरोना बीमा गराउनेको संख्या १० लाख नाघ्यो

    अनलाइन नेपाल
  • आइतबार, १४ भाद्र २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) को बीमा गराउनेको संख्या १० लाख नाघेको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले शुक्रबारसम्म यस्तो बीमा गराउनेको संख्या १० लाख नाघेको जानकारी दिएको हो । आइतबार यो संख्या झन धेरै बढ्ने अनुमान गरिएको छ ।

    समितिका अनुसार बीमा पुल मार्फत आठ लाख ३४ हजार ९ सय ३३ जनाको कोरोना बीमा भएको छ । उता बीमा संस्थानबाट सरकारी कर्मचारीहरुको बीमा हुने गरेको छ । तथ्यांक अनुसार संस्थानबाट करिब २ लाखको बीमा गरिएको छ । यी दुवैतिरको जोड्दा विमितको संख्या १० लाख नाघेको हो ।



    अन्य बीमा कम्पनीहरुबाट गरिएको बीमाबाट ४६ करोड ९८ लाख ७९ हजार १ सय ८२ रुपैयाँको बीमा शुल्क आर्जन भएको छ । संस्थानबाट गर्नेहरुको १६ करोड रुपैयाँ हुन आउछ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतका सरकारी कर्मचारीहरुको भने सरकारले निःशुल्क बीमा गरिदिएको हो । बीमाको अवधि एक वर्ष हुनेछ । बीमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा एक लाखको गरे एक लाख र ५० हजारको गरे ५० हजार रुपैयाँ बीमा दाबी भुक्तानी हुनेछ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार