Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बीमाको करोडौं रकममा एलआइसीको मनपरी, बीमा समिति र सिआईबीमा उजुरी दिने तयारी

    बीमाको करोडौं रकममा एलआइसीको मनपरी, बीमा समिति र सिआईबीमा उजुरी दिने तयारी

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 2.5K
    SHARES

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसनले बीमालेखधनि (बिमित) को रकम फिर्ता गर्न आनाकानी गरेको छ । बीमा समितिको नियमावली बमोजिम दुई किस्ता बुझाइसकेका बिमितले कुनै कारणले बाँकी किस्ता तिर्न नसकेको अवस्थामा इन्स्योरेन्स कम्पनीको नियमअनुसार फिर्ता गर्नुपर्ने हुन्छ । तर, लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न बहाना बनाएर रकम फिर्ता गर्न आनाकानी गरेको बिमित विन्दा प्रसाइले अनलाइन नेपाललाई बताइन् ।

    प्रसाइले चार दिन अघिदेखि इन्स्योरेन्समा धाउँदा पनि आफूले रकम नपाएको गनासो गरिन् । बीमा अवधि समाप्त नभएपनि दुई किस्ता तिरिसकेको हुँदा नियमानुसार आफ्नो बाँकी रकम फिर्ता पाउने पर्ने उनको भनाई छ । तर, लाइफ इन्स्योरेन्स कर्पोरेसनले भने २०७८ असारको बीमा समितिको निर्देशनलाई आधार बनाई पैसा फिर्ता गर्न आनाकानी गर्दै आएको छ ।



    बीमा समितिले २०७८ असार १५ गते एक निर्देशन जारी गरी बिमितले तीन किस्ता बुझाएको खण्डमा मात्रै रकम फिर्ता पाउन सक्ने व्यवस्था गरेको छ । तर, प्रसाइ भने आफूले उक्त नियम लागू हुन पूर्व नै बीमा गरेकाले समयमै आफ्नो रकम फिर्ता पाउनुपर्ने माग गरेकी छन् ।



    प्रसाइले २०७७ साउन २ गते ७ करोडको बीमा गरेकी थिइन भने उनले दुई किस्ता गरेर एक करोड ४४ लाख २० हजार रुपैयाँ बुझाइ सकेकी छन् । इन्स्योरेन्स कम्पनीले पनि प्रसाइले फिर्ता गर्नुपर्ने रकम एक करोड ३७ लाख ५५ हजार ७५६ रहेको भन्दै फाइल तयार गरिसकेको छ । तर, रकम दिन भने आनाकानी गरिरहेको छ ।

    प्रसाइले सोही बीमालेख धितो राखेर लक्ष्मी बैंकबाट ऋण लिएको र उक्त बीमालेख समर्पण गरी बैंकको ऋण चुक्त गर्नुपर्ने उल्लेख गरेकी छन् ।

    लक्ष्मी बैंकले पनि सोही ब्यहोरा उल्लेख गरेर लाइफ इन्स्योरेन्स कम्पनीलाई पत्र पठाइसकेको छ । चार दिनसम्म धाउँदा पनि रकम नपाएपछि उनले बीमा समिति र सीआईबीमा ठगीमा उजुरी दिने बताइन् । यसबारे जानकारी लिन कम्पनीका सूचना अधिकारी सुदर्शन गिरीको मोवाइलमा फोन गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार