Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • मोदीले अपनाए लद्दाखमा उग्र राष्ट्रबाद, असफलतालाई ढाकछोप गर्न चीनसँगको बिबादलाई उचाले

    मोदीले अपनाए लद्दाखमा उग्र राष्ट्रबाद, असफलतालाई ढाकछोप गर्न चीनसँगको बिबादलाई उचाले

    अनलाइन नेपाल
  • मंगलबार, १६ भाद्र २०७७
  • 3K
    SHARES

    एजेन्सी । भारतीय अर्थतन्त्र गत अप्रिलदेखि जुनको तीन महिनाको अवधिमा २३.९ प्रतिशतले खुम्चिएको छ । कोरोना भाइरस महामारीका कारण विगत ४० वर्षयता पहिलो पटक भारतीय अर्थतन्त्रमा यतिधेरै गिरावट आएको हो ।

    भारत र चीनबीच लद्दाखकाे पेगोंग तालमा भएको झडपले दुवै देशले सीमा क्षेत्रमा ठुलाे मात्रमा सुरक्षाकर्मी परिचालन गरेका छन्। साेही क्रममा चीनले भारतलाई आफूसँग प्रतिस्पर्धामा नउत्रिन चेतावनी समेत दिएको छ ।



    तीब्र आर्थिक संकुचन र कोरोना महामारीको स्थितिमा भारतीय सेनाले सोमबार फेरि अवैध रूपमा वास्तविक नियन्त्रण रेखा (एलएसी) लाई पार गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ।



    कोरोना भाइरस नियन्त्रण र आर्थिक सुधारलाई बढावा दिन असफल भएपछि मोदी प्रशासनले चीनसँगको सीमा बिबादलाई ठुलो रुप दिएर भारतीय जनताको ध्यानलाई अन्यत्रै मोडेको देखिन्छ। साथै, यो चीनसँगको वार्ताका लागि भारतले मोलतोल गरेको छ।

    भारतीय सेनाले ब्ल्याक टप पोस्ट कब्जा गरेको  र वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चिनियाँ षडयन्त्रलाई विफल पारेको भन्दै गलत प्रचार गरेको चिनियाँ पक्षको आरोप छ।

    भारतीय सेनाले नै पहिले विध्वंशक कदम उठाएको र भारतले नै पहिले संघर्ष सुरु गरेको भन्दै आफ्नो घरेलु समस्याबाट ध्यान मोड्न चीनसँग संघर्षमा उत्रिएको  चिनियाँ सेनाले बताएको छ ।

    तर,  सार्वजनिक स्वास्थ्य सुविधाहरू भएको  देशको रूपमा परिचित भारतमा कोरोना भाइरस ठुलो गतिमा बढिरहेको छ।

    भारतमा मंगलबारसम्म ३६ लाख बढीमा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ। जुन  अमेरिका र ब्राजिल पछिको तेस्रो ठूलो संख्या हो।

    यसै बीचमा, नयाँ दिल्लीले चीनसँग आर्थिक र व्यापारको क्षेत्रमा द्वन्द्व खोजेर आफ्नो व्यवसायको वातावरण बिगारेको छ । मन्द विश्वव्यापी आर्थिक वृद्धिको पृष्ठभूमिमा,  भारतमा वैदेशिक लगानीमा अवरोधहरू देखिएको छ भने  यसले रोजगारी र अर्थव्यवस्थाको रिकभरीको गतिलाई सुस्त बनाउने बिश्लेशण गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार