Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • बाढी प्रभावितलाई राहत वितरण, गृहमन्त्री थापा भन्छन्-जनताको दुःखमा सरकार छ

    बाढी प्रभावितलाई राहत वितरण, गृहमन्त्री थापा भन्छन्-जनताको दुःखमा सरकार छ

    अनलाइन नेपाल
  • शुक्रबार, १९ भाद्र २०७७
  • 4.3K
    SHARES

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले ढोरपाटनका बाढी प्रभावितहरुलाई आज राहत सामग्री प्रदान गरेका छन् । उनले ढोरपाटन नगरपालिका–९ सुप्राङको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकन गरेर राहत वितरण गरेका हुन् ।

    गृहमन्त्री थापासहित बागलुङ–२ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायतको टोली राहतसहित ढोरपाटन पुगेको थियो । बाढीले घरबास गुमाएका परिवारलाई तत्काल आवश्यक पर्ने त्रिपाल, टेण्ट, म्याटलगायतका सामग्री वितरण गरिएको हो ।





    राहत वितरणपछि बोल्दै गृहमन्त्री थापाले बाढी प्रभावितहरुको राहत र पुनःस्थापनामा सरकारले सघाउने बताएका सासंद् पौडेलले जानकारी दिए । “जनताको दुःखमा सरकार साथै रहेको उल्लेख गर्नुभएको छ”, उनले भने ।

    गृहमन्त्री थापाले बाढीमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई सरकारले दुई लाखका दरले राहत प्रदान गर्ने बताए । यस्तै पूर्णरुपमा क्षति भएका घरको पुनः निर्माणका लागि रु। तीन लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका सांसद् पौडेलले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार