Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कैलालीका ६३ सैनिकलाई कोरोना संक्रमण

    कैलालीका ६३ सैनिकलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, २२ भाद्र २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कैलाली लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालीम शिक्षालयका ६३ जनामा आज कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

    नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती विसिले उक्त तालीम केन्द्रका २४५ सैनिकको नमूना सङ्कलन गरिएकामा ६३ मा कोरोनाको पुष्टि भएको जानकारी दिए । तालीम शिक्षालयलका १२९ को नतिजा नेगेटिभ आएको जनाइएको छ ।



    आज सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको ४४५ नमूनाको परीक्षणमा ७६ जनामा सङ्क्रमित पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।



    कोभिड–१९ बाट प्रदेशमा सबैभन्दा बढी प्रभावित कैलालीमा कुल सङ्क्रमित र सक्रिय सङ्क्रमित बिरामी बढ्दै गएका छन् । आजसम्म कैलालीमा छ, बझाङ र बाजुरामा दुई-दुई तथा अछाममा एक गरी प्रदेशमा ११ जनाको मृत्यु भएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार