Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • सीमा निरीक्षणका लागि गृहमन्त्री थापा दार्चुलाको छाङरु प्रस्थान

    सीमा निरीक्षणका लागि गृहमन्त्री थापा दार्चुलाको छाङरु प्रस्थान

    अनलाइन नेपाल
  • शुक्रबार, ९ असोज २०७७
  • 2.9K
    SHARES

    काठमाडौं। सीमा निरिक्षण र सशस्त्र प्रहरी गुल्मको शिलन्यासका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ शुक्रबार दार्चुलाको छाङरु प्रस्थान गरेका छन्।

    गृहमन्त्री  थापा दार्चुलाको छाङरुमा निर्माण भइरहेको सशस्त्र प्रहरीको गुल्मको भवन शिलन्यास गर्न शुक्रबार दार्चुलाको व्यास गाउँपालिकामा पर्ने छाङरु गागातर्फ प्रस्थान गरेका हुन्।



    थापा नेपाली सेनाको स्काइ ट्रकमा बिहान ९ बजेर २० मिनेटमा सुर्खेतका लागि प्रस्थान गरेका छन्। उनी त्यहाँबाट सेनाकै हेलिकप्टरमा दार्चुला जाने कार्यक्रम तय भएको छ। दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना भएसँगै बहुउद्देश्यिय भवन निर्माण गर्न लागिएको छ। त्यसैको शिलन्यासका लागि गृहमन्त्री थापा दार्चुला जान लागेका हुन ।



    गृहमन्त्री थापाले गुल्मको शिल्यानसँगै सीमा क्षेत्रको अनुगमन समेत गर्ने छन्। गृहमन्त्री थापासँगै गृह सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी बलका आइजीपि शैलेन्द्र खनाल लगायत ११ जना रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार