Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका कर्मचारीको शव भेटियो

    बाढीले जिप बगाउँदा बेपत्ता भएका कर्मचारीको शव भेटियो

    अनलाइन नेपाल
  • शुक्रबार, ९ असोज २०७७
  • 2K
    SHARES

    कपिलवस्तु । कपिलवस्तुमा बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राणिकरणका कर्मचारीको शव फेला परेको छ ।

    विद्युत प्राधिकरणको बाणगंगा जितपुर शाखाका इन्चार्ज कृष्णप्रसाद पौडेलको शव शुक्रबार कपिलवस्तु नगरपालिका-६ सक्रहवामा फेला परेको हो । पौडेल विद्युत कार्यालय बाणगंगा-जितपुर फिडर शाखाका प्रमुख थिए ।



    विद्युत प्राधिकरणकै कर्मचारीले उनको शव फेला पारेर प्रहरीलाई जानकारी दिएका थिए । मृत भेटिएका पौडेलको शवलाई परिवारको जिम्मा लगाइको कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिए ।



    पौडेलसँगै नदीमा बेपत्ता तीन जना मध्ये जिपचालक गुल्मीका माधवप्रसाद पाण्डेको बुधबार साँझ र अर्घाखाँचीका केशव भाट क्षेत्रीको बिहीबार शव भेटिएको थियो ।

    कपिलवस्तुको भलबाडमा विद्युत लाइन मर्मत गरेर बनगाई फर्किने क्रममा कोइली नदीको कजवे पार गर्ने क्रममा बुधबार बाढीले जिप बगाएको थियो । जिपमा सवार ६ जनामध्ये तीनजनाले हाम्फालेर ज्यान जोगाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार