Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • गाई काटेको आरोपमा ३ जना पक्राउ

    गाई काटेको आरोपमा ३ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १५ असोज २०७७
  • 2.5K
    SHARES

    सांकेतिक तस्विर

    वालिङ । गाई काटेर खाने तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

    स्याङ्जाको गल्याङ नगरपालिका–९ जौबारीमा गत आइतबार राति १०ः०० बजे गाई काटेर मासु भाग लगाएको भन्ने सूचनाका आधारमा प्रहरीले बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार गल्याङ–९ का ३८ वर्षीय नारायण भुसाल, २४ वर्षीय डोलुराम नेपाली र वालिङ–१३ बस्ने ३२ वर्षीय रामबहादुर सार्की पक्राउ परेका हुन् ।



    उनीहरुले मासु खानका लागि जिउँदो गाई काटेर मासु भाग लगाएको र टाउको र खुट्टा जौबारीस्थित नारायण भुसालको बाँझो जमिनमा खाडल खनी पुरेको खुल्न आएको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

    प्रहरी, पशु सेवा कार्यालय गल्याङका पशु चिकित्सक, प्राविधिकसहितको टोलीले उक्त स्थानमा गई खाडल खोतलेर हेर्दा गाईको टाउको, चार खुट्टा, आन्द्रा र भूँडी कुहेको दुर्गन्धित अवस्थामा फेला परेका थिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार