Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • जिउदो गाईलाई काटेर मासु खाने तीन जना पक्राउ

    जिउदो गाईलाई काटेर मासु खाने तीन जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १५ असोज २०७७
  • 3.2K
    SHARES

    स्याङ्जा  । जिउदो गाईलाई काटेर मासु खाएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीले गाईलाई काटेर मासु खाएको अभियोगमा स्याङ्जा गल्याङ नगरपालिका वडा नं. ९ जौबारीस्थित नारायण भुषाल,  डोलुराम नेपाली र रामबहादुर सार्कीलाई पक्राउ गरी पशु सम्बन्धी कसुर मुद्दामा अनुसन्धान थालेको छ ।

    मासु खानको लागि जिउदो गाई काटेर भुषालको जग्गामा मासु भाग लगाई टाउको खुट्टा सोही स्थानमा खाडल खनी पुरेको भन्ने सूचनाका आधारमा प्रहरी टोली, पशु सेवा कार्यालय गल्याङको पशु चिकित्सक र पशु प्रविधिक सहितको टोली उक्त स्थानमा खटिई गई खाडल खोताली हेर्दा गाईको टाउको, चार वटा खुट्टा, आन्द्रा भुडी समेत कुहिई दुर्घन्धित अवस्थामा फेला परेको थियो।



    प्रहरीले भुषालसमेतको घर कोठा खानतलासी गर्दा उनको घरबाट सुकाई राखेको गाईको मासु फेला परेकोले बरामद गरी घटनामा संलग्न नारायण भुषाल, राम बहादुर सार्की र डोलुराम नेपालीलाई पक्राउ गरी पशु सम्बन्धी कसुर मुद्दामा  स्याङ्जा जिल्ला अदालतबाट २५ दिनको म्याद अनुमती लिई अनुसन्धान थालेको जनाएको छ  ।



    धर्म निरपेक्ष मुलुक भए पनि नेपालमा गाई काट्नु र मासुको बेचबिखन गर्नुलाई अवैध मानिन्छ । गाई राष्ट्रिय जनावर हो । मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद २७ को २८९ दफामा गाई र गोरु काट्न,मार्न नपाइने उल्लेख छ । यसको बर्खिलाप गर्नेलाई तीन वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार