Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • दैलेखका काेराेना संक्रमित पुरूषकाे नेपालगञ्जमा मृत्यु

    दैलेखका काेराेना संक्रमित पुरूषकाे नेपालगञ्जमा मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १८ असोज २०७७
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

    दैलेखका ५१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।



    स्वास्थ्यमा जटिल समस्या आएपछि शनिबार राति १२: ४५ बजे नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका उनको उपचारका क्रममा आइतबार दिउँसो साढे एक बजे मृत्यु भएको हाे ।



    ती पुरुषलाई कर्णाली प्रदेश अस्पतालमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आन्द्रा फुटेकोले अवस्था जटिल भएको हुँदा त्यहाँबाट कोहोलपुर रिफर भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार