Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपालगञ्जमा उपचाररत ३५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

    नेपालगञ्जमा उपचाररत ३५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २१ असोज २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । दाङमा उपचाररत ३५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएकाे छ ।

    दाङकाे घोराही उपमहानगरपालिका-१५ की ३५ वर्षीया महिलाको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा बुधबार दिउँसो ३ बजे मृत्यु भएको हो ।



    असोज १८ गते नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सोही दिन राति पाैन १२ बजे भेरी अस्पताल भर्ना गरिएको थियो ।



    कोरोना संक्रमितका लागि गरिने सबै प्रकारको उपचार गर्दा पनि उनको स्वास्थ्यमा सुधार भएकाे थिएन । त्यसै क्रममा उनकाे बुधबार मृत्यु भएको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

    यसैबीच नेपालमा बुधबार १५ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे थियाे । काेराेना संक्रमणबाट ५७८ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार