Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ‘आईटी पार्क’ निर्माता देवकोटाको कोरोना संक्रमणबाट निधन

    ‘आईटी पार्क’ निर्माता देवकोटाको कोरोना संक्रमणबाट निधन

    अनलाइन नेपाल
  • आइतबार, २५ असोज २०७७
  • 3K
    SHARES

    गोरखा । नेपालमा पहिलो पटक आईटी पार्क निर्माण गरेका निर्माता सरोज देवकोटाको कोरोना भाइरसकाे संक्रमणबाट निधन भएको छ ।

    गोरखा पालुङटार नगरपालिका ५ बोहोरा गाउँका देवकोटाको हिजो (सनिबार) बिपी स्मृती अस्पताल बसुन्धारा काठमाडाैंमा उपचारको क्रममा मृत्यु भएको हो ।



    काेराेना संक्रमणका कारण स्वास्थ्यमा समस्या आए पछी उनलाई अस्पताल भर्ना गरिएको थियो । देवकोटा नेपाल इन्जिनियर्स एसोसिएसनका पुर्व अध्यक्ष, नेपाली कांग्रेसको शुभेच्छुक सस्था सेंटर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालका संस्थापक अध्यक्ष समेत हुन् ।



    उनी पूर्वाञ्चल क्याम्पसका पहिलो क्याम्पस प्रमुख, गोरखा–काठमाडाैं प्रजातान्त्रिक समाजका पूर्व अध्यक्ष, सिटीईभिटीका पूर्व उपाध्यक्ष, सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स संस्थापक अध्यक्ष तथा नेपाली कांग्रेसका महा-समिति सदस्य समेत हुन् ।

    देवकोटाले नेपालमा नै पहिलो पटक काभ्रेमा आईटी पार्क निर्माण गरेका थिए । उनी आईटी पार्कका संस्थापक उपाध्यक्ष समेत हुन् । मृत्तक देवकोटाका श्रीमती र २ छोरा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार