Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • पार्टी भित्रको विवाद सचिवालय बैठक मार्फत हल गर्नुपर्ने प्रचण्डको प्रस्तावमा ओली सकारात्मक

    पार्टी भित्रको विवाद सचिवालय बैठक मार्फत हल गर्नुपर्ने प्रचण्डको प्रस्तावमा ओली सकारात्मक

    अनलाइन नेपाल
  • शनिबार, १५ कार्तिक २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रको आन्तरिक विवाद सचिवालय बैठकबाट टु‌ग्याउन माग गरेका छन् ।

    प्रधानमन्त्रीसमेत रहेका नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका प्रचण्डले तत्काल सचिवालय बैठक बोलाउन माग गर्दै पार्टीका सबै समस्या सचिवालय बैठकबाटै हल गर्नुपर्ने माग गरेका हुन् ।



    विगतका सहमति कार्यान्वयनमा प्रधानमन्त्री ओलीले तदारूकता नदेखाएकाे भन्दै ११ दिनदेखि छलफलमा नजुटेकाे दुई अध्यक्षबीच आज भएकाे भेटका क्रममा प्रचण्डले तत्काल सचिवालय बैठक बोलाएर पार्टी भित्रको विवाद समाधान गर्न दबाब दिएको प्रचण्ड निकट स्रोतले जानकारी दियाे ।



    आज दुई अध्यक्षबीच पार्टी सञ्चालनसहितका समसामयिक विषयवस्तु छलफल भएको छ । छलफलका क्रममा कोभिड-१९ महामारीको नियन्त्रण तथा रोकथाम र सरकारको भूमिका, कर्णाली विवाद प्रकरण, रअ प्रमुख सामान्तकुमार गोयलसँगको भेट र पर्साको मुकेश चौरसिया घटना प्रकरणका विषयमा छलफल भएको छ ।

    यी सबै विषयलाई सचिवालय बैठकमा छलफल गर्ने प्रचण्डको प्रस्ताव आएको र चाँडै सचिवालय बैठक बोलाउन ओली सकारात्मक भएको नेकपा स‌ंसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । उनले आवश्यकता अनुसार सचिवालय बैठक बोलाउन अध्यक्ष ओली सकारात्मक रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार