Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • प्रचण्ड बोलाएको बैठकमा प्रम ओली, पौडेल, पोखरेल र बादल नै गएनन्

    प्रचण्ड बोलाएको बैठकमा प्रम ओली, पौडेल, पोखरेल र बादल नै गएनन्

    अनलाइन नेपाल
  • शुक्रबार, २१ कार्तिक २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । हिजो प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँगको वार्ता सकारात्मक नभएपछि आज पार्टी मुख्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डाकेको सचिवालयको अनौपचारिक बैठकमा ४ जना सचिवालय सदस्य उपस्थित भएका छैनन् ।

    बैठक शुरु भए पनि प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्रीसमेत रहेका इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अनुपस्थित छन्।



    बैठकमा अहिले पार्टी अध्यक्ष दाहाल, पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नेता वामदेव गौतम र पार्टी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्।



    नौं सदस्यीय नेकपा सचिवालयका ५ जना सदस्य बैठकमा सहभागी छन्।

    ओलीले दुई अध्यक्षबीच सहमति भएपछिमात्रै बैठक बोलाउने जनाएका छन् भने दाहाल पक्षधरले तुरुन्दै बैठक बोलाउनुपर्ने माग गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार