Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • बलिउड फिल्म निर्माता फिरोजकाे घरमा ड्रग्स फेला, श्रीमती पक्राउ

    बलिउड फिल्म निर्माता फिरोजकाे घरमा ड्रग्स फेला, श्रीमती पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २४ कार्तिक २०७७
  • 3.3K
    SHARES

    एजेन्सी । बलिउड फिल्म निर्माता फिरोज नाडियाडवालाको घरमा ड्रग्स फेला परेकाे छ। ड्रग्सको सम्बन्धको विषयमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) नाडियाडवालाको घरमा छापा मारेको हाे ।

    भारतीय सञ्चार माध्यमका अनुसार आइतबार भएको यो छापामारीमा नाडियाडवालाको घरबाट करिब १० ग्राम गाँजा र तीन मोबाइल फोन जफत गरिएको छ । दुई साक्षीको उपस्थितीमा फिरोजकी श्रीमती शबाना सईदलाई एनबीसीले पक्राउ गरेको काे ।



    छापामारी हुँदा फिरोज घरमा थिएनन् । एनसीबीले उनलाई सोधपुछका लागि पत्र पठाएको छ । फिरोज सोमबार पेश हुनु पर्नेछन । ‘फिर हेरा फेरी’ र ‘वेलकम ब्याक’ जस्ता फिल्मका निर्माता हुन् फिरोज नाडियाडवाला ।



    अनुसन्धान एजेन्सीले हिरासतमा लिइएका केही संदिग्धसँगको सोधपुछका क्रममा फिरोजको नाम सार्वजनिक भएको थियो ।

    एनसीबीले शनिबार मुम्बईका चार भिन्न–भिन्न स्थानमा छापा मारेको थियो । यतिबेला गाँजा, चरेस र अन्य ड्रग्स पनि बरामद भएको थियो । शनिबार बेलुका भएको छापामारी पछि चारजनालाई हिरासतमा लिइएको थियो जोसँग हाल अनुसन्धान एजेन्सीले सोधपुछ गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार