Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेकपा विभाजनको संघारमा : माधवको शिरमा प्रचण्ड ?

    नेकपा विभाजनको संघारमा : माधवको शिरमा प्रचण्ड ?

    अनलाइन नेपाल
  • सोमबार, २४ कार्तिक २०७७
  • 2.8K
    SHARES

    काठमाडौं। नेकपा एमाले र एमाओवादी केन्द्र एकीकरण भएर अढाई वर्षअघि बनेको सत्तारुढ नेकपा अनौपचारिक रूपमा विभाजन भइसकेको छ ।

    एकीकरणका दुवै पक्षले आ–आफ्ना पुराना नाममा निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरिसकेका छन् । तर नेकपाको संसदीय दल तथा पार्टीका संरचनाहरू औपचारिक रूपमा अझै एकै ठाउँमा छन् । पार्टी विभाजनको संघारमा पुगेको सबै नेताहरूले सार्वजनिक रूपमा बताईरहेका छन् ।



    सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई केन्द्रीय सचिवालय बैठकमा सहमत गराउन अन्तुष्ट पक्षका सदस्यहरू शनिबार दिउँसो बालुवाटार पुगेका थिए । नारायणकाजी श्रेष्ठसहित अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम गरी पाँचजना बालुवाटार पुगेका थिए ।



    प्रधानमन्त्री ओलीलाई हटाउनका लागि आफूसँग पार्टी र संसदीय दलमा पर्याप्त बहुमत भएको दावी प्रचण्ड–नेपाल पक्षको छ । नेपाललाई प्रधानमन्त्रीका रूपमा अघि सारिने प्रतिबद्धता प्रचण्डले व्यक्त गरिसकेका छन् । तर कुन प्रक्रियाबाट प्रधानमन्त्री परिवर्तन गरिने ? भन्ने अन्योल अझै बाँकी छ ।

    पहिलो विकल्प भनेको पार्टीद्वारा राजीनामाका लागि प्रधानमन्त्री ओलीलाई आग्रह हो । कार्यकारी अध्यक्ष प्रचण्डले यो विकल्प प्रयोग गरिसकेका छन् । अघिल्लो शनिबार प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेटेर पदबाट राजीनामा दिन आग्रह गरेका थिए ।

    तर प्रधानमन्त्री ओलीले त्यो आग्रहलाई अस्वीकार मात्रै गरेनन्, प्रचण्डलाई दुत्कारेरै बालुवाटारबाट बिदा गरे । पार्टीको सर्वोच्चता प्रचण्डसँग नभएर आफूसँग भएको दावी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको छ ।

    पार्टीमा दुईजना अध्यक्ष छन् । पहिलो नम्बरमा ओलीको नाम छ, दोस्रो नम्बरमा प्रचण्डको नाम छ । दुवै अध्यक्षको संयुक्त हस्ताक्षरद्वारा मात्रै पार्टीका निर्णयहरूले आधिकारिकता पाउने विधानमा उल्लेख छ । त्यसैले अध्यक्ष ओली सहमत नभएसम्म नेकपाका कुनै पनि निर्णयले आधिकारितकता ग्रहण गर्नसक्ने अवस्था छैन ।

    दोस्रो विकल्प भनेको संसदीय दलको नेता परिवर्तन हो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग मिलेर प्रचण्डसहितको सहमतिमा माधवकुमार नेपाललाई भित्तामा पुग्नेगरी पार्टीभित्र पेलिएको थियो ।

    पञ्चयतकालका प्रधानपञ्च डोरमणि पौडेललाई बागमती प्रदेशको मुख्यमन्त्री बनाएर माधव पक्षकै भएका कारण अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बन्नबाट वञ्चित गरिएको थियो । त्यसैले प्रचण्डलाई शिरमा राखेर माधव नेपाल सेकेन्डम्यान बन्ने सम्भावना छैन ।

    तरुण साप्ताहिक लेख्छ – नेपाल पक्षीय एक नेताले भने– ‘प्रचण्ड विदेशीको आर्थिक, भौतिक सहयोगमा नेपाली जनता मार्न लगाउने अपराधी हुन्, हिजो ओलीसँग मिलेर प्रचण्डले हामीलाई पेलेकै हुन् ।’ ओली ढिलोचाँडो धरापमा पर्ने निश्चित जस्तै छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार