Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • उद्योग वाणिज्य महासंघको निर्वाचन

    चन्द्र ढकालको पक्षमा बैंक डिफल्टरदेखि सिआइबीले अनुसन्धान गरिरहेका व्यापारीसम्म

    चन्द्र ढकालको पक्षमा बैंक डिफल्टरदेखि सिआइबीले अनुसन्धान गरिरहेका व्यापारीसम्म

    अनलाइन नेपाल
  • आइतबार, ७ मंसिर २०७७
  • 5.3K
    SHARES

    काठमाडौं। व्यापारीहरुको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन यहि मंसिर ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

    दुबैजना प्यानल नै बनाएर प्रतिस्पर्धा गर्दैछन् । बरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकाल र किशोर प्रधानबीच प्रतिष्पर्धा हुँदैछ ।



    महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने वैधानिक व्यवस्था छ । हाल बरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा महाधिवेशन पश्चात स्वतः अध्यक्ष हुने छन् । अध्यक्षको कार्याकाल तीन बर्ष हुने प्रावधान अनुसार आगामी महाधिवेशनबाट चुनिएका बरिष्ठ उपाध्यक्ष तीन बर्षपछि स्वतः अध्यक्ष हुने छ ।



    वरिष्ठ उपाध्यक्ष नै भावि अध्यक्ष हुने हुँदा उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका लागि कडा प्रतिस्पर्धा देखिन्छ । दुई समुहले आ–आफ्नो प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् ।

    असारको अन्तमा उम्मेदवारी घोषणा गरेका ढकाललाई महासंघका पूर्व अध्यक्ष  बैंक डिफल्टर चण्डिराज ढकालले समर्थन गरेका छन् ।

    कर्जा सूचना केन्द्रको ३४५४ दर्ता नम्बर र ४१९६ नम्बर चण्डिराज ढकालको परिचय हो । ऋण नतिरेर कालोसूचिमा परेका चण्डीराज ढकालका कारण चन्द ढकाल थप समस्यामा परेका छन् ।

    राष्ट्रिय बाणिज्य बैंकको १० वर्ष अगाडिको ३० करोड (हाल २ अर्ब बढि) ऋण तिर्न नसकेर कालो सूचीमा परेका ढकालको सक्रियता अहिले बढेर गएको छ ।

    महासंघका हरेक निर्वाचनमा अध्यक्ष बनाउने ठेक्का चण्डिराजले नै पाउँदै आएको आरोप छ । महासंघको हाल अध्यक्ष रहेकी भवानी राणा भने किशोर प्रधान समुहलाई जिताउन लागि परेकी छिन् ।

    ढकालको प्यानलमा  प्यानल अन्तर्गत नगर/जिल्ला उपाध्यक्ष पदका लागि गुणनीधि तिवारी, एशोसियट उपाध्यक्ष तर्फ रामचन्द्र सांघाई र बस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठ रहेका छन् ।

    संघाईमाथि विदेशी मद्रा अपचलन गरेको गम्भिर अभियोगमा सिआइबीले छानबीन गरिरहेको छ । रामचन्द्र संघाई जस्ता बदनाम पात्रकै कारण व्यापारी ढकाललाई ठुलो धक्का लाग्ने अवस्था देखिएको छ।

    ठगी र विदेशी मुद्रा अपचलनमा संघाईमाथि सिआइबीले अनुसन्धान गरिरहेको छ।  राजश्व अनुसन्धान बिभागले पनि संघाईमाथि छानविन गरिरहेको छ।

    राज्यका दुई वटा निकायले चुनावअघि नै संघाईमाथि पक्राउ गरेर मुद्दा चलाउने अन्तिम तयारी गरेको स्रोतको दाबी छ। निर्वाचन अघि नै संघाईलाई सिआईबीले पक्राउ गर्न लागेको सुचना थापा पाएपछि संघाई लुकेर हिँडिरहेका छन् । तर, यो चुनाबी संयोग मात्र रहेको वताइएको छ।

    त्यसो त प्रधानको प्यानललाई महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष तथा भावी अध्यक्ष शेखर गोल्छाले खुलेर समर्थन गरेका छन् ।

    गोल्छा प्रधानलाई जिताउनको लागि फिल्डमै खटिएका पनि छन् । त्यस्तै महासंघका निवर्तमान अध्यक्ष पशुपती मुरारका, पुर्व अध्यक्ष रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ र कुशकुमार जोशीले पनि प्रधानकै प्यानलको समर्थन गरेका छन् ।

    उद्योग धन्दा चलाउने महासंघका सदस्यहरुलाई सँधै पिरोल्ने दु:ख दिने काम बैंक तथा वित्तिय संस्थाले गर्छन् । बैंकहरुको चर्को ब्याज र धितो लिलामीलाई लिएर उद्योगी व्यापारीहरु पटक पटक विरोधमा आइरहेका छन् । तर, उद्योगी व्यापारीहरुको नेतृत्वमा उनै बैंकर ढकालको उम्मेदवारी परेको छ ।

    उद्योगपतिहरु नेपालका बैँकहरुमाथि चर्को ब्याज लिने, उद्योगीलाई अनावश्यक मानसिक तनाव दिने, व्यवसायीको सम्पत्ती हत्याउन अनेकन तिकिडम अपनाउने लगायतका आरोप लगाउँदै आएका छन् ।

    कैयौँ बैँकहरुले त अनेकौ जालझेलपुर्ण तरिका लगाएर व्यवसायीहरुलाई सडकमै पुर्याएका उदाहरणहरु पनि छन् । त्यस्तोमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा पर्छ । सोही बैंकको अध्यक्ष हुन् ढकाल । त्यसो त उनी इन्फ्रास्ट्रक्चर डेभलोपमेन्ट बैंकका निर्देशक समेत हुन् ।

    ढकाल उद्योगी भन्दापनि बढि बैंकर हुन् । उनको समुहमा एशोसियट उपाध्यक्ष बनेका रामचन्द्र संघाई पनि बैंकर हुन् । उनी एनआइसि एशिया नामक बैंकका सञ्चालक हुन् । संघाईकै कारण चुनावको मुखमा ढकाललाई ठूलो धक्का लाग्ने अवस्था देखिएको छ ।

    इन्टरनेशनल मनी एक्सप्रेस(आइएमई ) बाट वित्तिय व्यवसाय शुरु गरेका ढकाल अहिले नेपालकै सबैभन्दा ठुलो लगानी रहेको बैँक ग्लोबल आइएमईका अध्यक्ष छन् । उनले दर्जनौँ वित्तिय संस्थाहरु संचालन गरेका छन् ।

    त्यस्तै आइएमई अटोमोटिभ्स प्रालि, इलाईट क्यापिटल लिमिटेड, वर्ल्डवाईड इन्भेस्टमेन्ट प्रालि, हिमालयन पावर पार्टनर प्रालि, माउन्टेन इनर्जी नेपाल प्रालि, सिएम ट्रेडिङ, चन्द्रागिरि हिल्स लगायत विभिन्न व्यवसायिक क्षेत्रमा उनको संलग्नता रहेको छ ।

    राष्ट्रिय वन क्षेत्रमा निर्मित चन्द्रागिरि हिल्समा ढकालले अवैध धन्दा चलाएको आरोप लाग्ने गरेको छ ।

    वन क्षेत्रमा उनले कानुन विपरित विभिन्न रिसोर्ट सञ्चालन गरेपछि उनलाई वन मन्त्रालयले जरिवाना समेत तिराएको थियो ।

    तर, आज यस्ता व्यापारी नै नेताहरुलाई आकर्शक चन्दा दिएको भरमा चुनाव जित्न लागिपरेका छन्।

    त्यसो त ढकाल र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पनि रहस्यमय सम्बन्ध रहँदै आएको छ । ढकालले व्यवसाय स्थापित गर्दा शुरूमा प्रचण्डको पैसा चलाएकाले अहिले प्रचण्डलाई समस्या परेका बेला सहयोग गर्दै आइरहेको स्रोतको भनाइ छ ।

    प्रधान समूह निकट व्यवसायीका अनुसार अहिले ओलीले भन्दा बढि प्रचण्डले ढकालको लविङ गरिरहेका छन् ।

    प्रधानमन्त्रीदेखि राजनीतिक नेतृत्वबाट नै आशिर्वाद पाएका ढकाल यतिबेलला आफू अध्यक्ष रहेको आइएमई ग्रुपको सञ्जाल नै चुनावमा प्रयोग गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार