Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • व्यवसायी पक्राउले लगानी सम्मेलनमा नकारात्मक प्रभाव पर्छ : उद्योग वाणिज्य महासंघ

    व्यवसायी पक्राउले लगानी सम्मेलनमा नकारात्मक प्रभाव पर्छ : उद्योग वाणिज्य महासंघ

    अनलाइन नेपाल
  • बिहिबार, १८ माघ २०८०
  • 411
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड एवं पक्राउले लगानी सम्मेलनमा नकारात्मक प्रभाव पर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।

    महासंघले बिहीवार विज्ञप्ति जारी गर्दै सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेकोप्रति आपत्ति जनाएको हो ।



    सरकारसँग यस्तो विषयमा पटक पटकको छलफलमा व्यवसायीलाई दोषी नभइ पक्राउ गर्न नहुने भन्दै आएको पनि विज्ञप्तिमा भनिएको छ ।



    “महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटक–पटक आग्रह गर्दै आएको छ । पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यावसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको छ । महासंघ यस विषयमा पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गर्दछ । साथै, केही महिनाभित्रै नेपालमा लगानी सम्मेलन हुन गैरहेकोसन्दर्भमा यस्ता पक्राउले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने तर्फ महासंघ सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छ,” विज्ञप्तिमा उल्लेख छ ।

    महासंघले यस विषयमा पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानूनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गरेको छ ।

    काठमाडौंको बाँसबारीस्थित छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा उद्योगी चौधरी र कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायणसिंह थापा बिहीवार दिउँसो पक्राउ परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार