Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • २४ घन्टामा थप ३ हजार १ सय ४० जना कोरोना संक्रमित संक्रमणमुक्त

    २४ घन्टामा थप ३ हजार १ सय ४० जना कोरोना संक्रमित संक्रमणमुक्त

    अनलाइन नेपाल
  • बुधबार, १० मंसिर २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घन्टामा थप ३ हजार १ सय ४० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

    देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक रहेको छ।



    यो सँगै नेपालमा २ लाख ७ हजार ९ सय ९८ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ९२ प्रतिशत रहेको छ।



    आज मन्त्रालयका अनुसार ९ हजार २ सय १० जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १६ लाख ९० हजार ५ सय ९ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार ६ सय ६९ जना क्वारेन्टाइनमा छन्। नेपालमा १६ हजार ६ सय ३९जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार