Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मंसिर १५ गतेबाट विद्यालय खुला गर्ने स्थानीय तहकाे निर्णय

    मंसिर १५ गतेबाट विद्यालय खुला गर्ने स्थानीय तहकाे निर्णय

    अनलाइन नेपाल
  • बुधबार, १० मंसिर २०७७
  • 3.7K
    SHARES

    फाइल फोटो

    मोरङ । मोरङका ६ वटा स्थानीय तहले आगामी सोमबारदेखि विद्यालय सञ्चालन गर्ने तयारी गरेका छन् ।

    मोरङका रतुवामाई नगरपालिका, सुनवर्शी नगरपालिका, रङ्गेली नगरपालिका, धनपालथान गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाकाले मंसिर १५ गतेबाट पठनपाठन सुरु गर्ने निर्णय गरेका हुन् ।



    ६ वटै पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखाका प्रमुखबीच विद्यालय सञ्चालन गर्ने विषयमा भएको छलफलले काेराेना संक्रमणको जोखिम कम भएकाले सतर्कतासहित विद्यालय खोल्ने निर्णय गरेकाे हाे ।



    कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयलाई दिवा सत्रमा र कक्षा ६ देखि १२ सम्म सञ्चालित विद्यालयहरुलाई विहानी सत्रमा सामाजिक दूरी कायम गरी सञ्चालन गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार