Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • भरतपुर कारागारको पर्खाल नाघेर कैदी फरार, घटना रहस्यमय !

    भरतपुर कारागारको पर्खाल नाघेर कैदी फरार, घटना रहस्यमय !

    अनलाइन नेपाल
  • बिहिबार, ११ मंसिर २०७७
  • 4.1K
    SHARES

    भरतपुर। चितवनको भरतपुर कारागारमा रहेका एक जना  कैदी रहस्यमय रुपमा  फरार भएका छन् ।

    जबर्जस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका ती कैदी सुरक्षा घेरा तोडेर भाग्न सफल भएका हुन ।



    कालिका नगरपालिका बस्ने ४५ वर्षका रेशमलाल श्रेष्ठ भागेको कारागार प्रमुख कमल काफ्लेले जानकारी दिए ।



    श्रेष्ठ कारागारको पर्खाल नाघेर भागेको काफ्लेको भनाई छ ।

    जबर्जस्ती करणी मुद्धामा २०७७ साउन ४ गते बाट कैद भुक्तान गरिरहेका श्रेष्ठको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    बिहीबार साँझ कारागारको चौरबाट भित्र पस्ने क्रममा संख्यामा कमि आएपछि उनी भागेको खुलेको थियो । स्रोतका अनुसार श्रेष्ठलाई भगाउन सहयोग गरिएको आशंकाका सुरक्षा गार्डदेखी कर्मचारीसम्म छानविन प्रक्रिया अगाडि बढाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार