Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रहरीको आँखा छलेर यसरी भागे थुनुवा

    प्रहरीको आँखा छलेर यसरी भागे थुनुवा

    अनलाइन नेपाल
  • शनिबार, २६ असार २०७८
  • 2.5K
    SHARES

    सांकेतिक तस्विर

    लहान । इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा फरार भएका छन् ।

    लागूऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका नवराजपुर गाउँपालिका–१, सिरहा निवासी ३५ वर्षीय पशुपति यादव आज बिहान २ः०० बजेतिर हिरासतको ग्रिल काटेर फरार भएको प्रहरीले जनाएको छ ।



    प्रहरीको आँखा छलेर हिरासतको ग्रिल काटेर फरार भएका यादवको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार