Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • पछिल्लाे २४ घण्टाकाे काेराेना अपडेट

    १२७२ जनामा संक्रमण, १५७५ जना डिस्चार्ज, १६ जनाकाे मृत्यु

    १२७२ जनामा संक्रमण, १५७५ जना डिस्चार्ज, १६ जनाकाे मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १९ मंसिर २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेपालमा शुक्रबार थप १ हजार २७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यस्तै बितेको २४ घण्टामा १ हजार ५७५ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।



    योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख २१ हजार ८४७ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमितकाे मृत्यु भएको छ ।

    याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

    यस्तै हिजाे बिहीबार नेपालमा १ हजार ३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार