Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मेयर रेनुले विवाद मिलाएपछि भरतपुरमा बन्ने भो सिटी हल, यसरी गरियो ठेक्का सम्झौता

    मेयर रेनुले विवाद मिलाएपछि भरतपुरमा बन्ने भो सिटी हल, यसरी गरियो ठेक्का सम्झौता

    अनलाइन नेपाल
  • शनिबार, २० मंसिर २०७७
  • 3K
    SHARES

    भरतपुर । भरतपुर महानगरपालिकामा सिटी हल निर्माण हुने भएको छ । यसअघि स्थान अभावसहित विविध कारणले सुरु हुन नसकेको सिटी निर्माणको लागि आज ठेक्का सम्झौता भएसगैँ सिटी हल निर्माणको काम शुरु गरिन लागेको हो।

    सिटी हलका निर्माणका लागि ईण्डो सगुन जेबि रुपन्दही र शहरी विकास डिभिजन चितवनबीच सम्झौता भएको छ ।



    भरतपुर महानगरपालिका वडा नम्बर १० मा जिल्ला समवन्य समितिको स्वमित्वमा रहेको जग्गामा सिटी हल निर्माण गरिने मेयर रेनु दाहालले जानकारी दिइन ।



    सिटी हल निर्माणका लागि १ अर्ब ५९ करोड ६७ लाख रुपैयाँ माग गरिएकोमा बहुवर्षिय योजना अनुसार पहिलो वर्षमा रु ७१ करोड ७० लाख खर्च गरि काम सुरु गर्न लागिएको हो । साथै केहि दिनमा औपचारिक शिलन्यास गरि सिटी हल निर्माण शुभारम्भ हुने मेयर रेनुले बताईन् ।

    सिटी हल जिससको स्वमित्वमा रहेको ४ विघा ४ कठ्ठा जग्गामा आधुनिक प्रविधिबाट निर्माण हुदैछ ।

    सिटी हलको अहिले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पुरा भई वातावरणीय मूल्याङकन प्रतिवेदन इएआईको समेत पुरा गरेपछि ठेक्का सम्झौता भएको हो । सिटी हल ३ वर्षको अवधीमा निर्माण हुने लक्ष्य लिइएको छ । अन्तिर्राष्ट्रिय मोडलमा बन्न लागेको हलमा छुट्टाछुट्टै ७ वटा ठूला साना हलहरु हुनेछन् ।

    सिटी हलमा २ हजारदेखि ३ सयसम्म मानिस अट्नेछन् । भरतपुरको प्रर्दशनी केन्द्र नजिकै बन्ने सिटी हलले भरतपुरको विकासमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।

    हल बाहेक आधुनिक फुड कोट, आईटी रुम, प्रशासनिक कोठा, गेष्ठ रुम रहने छन् । लामो समयसम्म सिटी हल निर्माण गर्ने ठाँउ एकिन नभएपछि भरतपुर महानगरपालिकालाई सरकारबाट ५० करोड रूपैयाँ बजेट फ्रिज हुन पुगेको थियो ।

    हाल भरतपुरमा मेयर रेनुकै पहलमा नारायणी नदीमा तटबन्ध सहितको रिंगरोड, हुलाकी सडक, पुलचोकदेखि गोन्द्राङ्गसम्म हरियालीसहितको ६ लेन सडक, वाइपास सडकको विस्तार, क्रिकेट रंगशाला निर्माणको काम तीव्र रुपमा अगाडी बढिरहेको छ ।

    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भोगचलन गर्दै आएको यस क्षेत्रको ७८ विघा जग्गामध्ये भरतपुर महानगरपालिकाले सिटी हल बनाउन ५ विघा जग्गा माग गरेको थियो ।

    तर, नेपाली कांग्रेसले वीपीको नाम जोडिएको अस्पतालबाट जग्गा दिन नपाइने भन्दै विरोध गरेपछि महानगरपालिका पछि हटेको थियो । कांग्रेसको जिल्लादेखि केन्द्रीय नेतृत्वसम्मले अस्पतालको जग्गा महानगरलाई दिन नमिल्ने भन्दै आन्दोलनको धम्की दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार