Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  •  चीनले लद्दाखमा शक्ति बढाउँदै २० नयाँ सैन्य शिविर बनाएपछि भारतलाई तनाब

     चीनले लद्दाखमा शक्ति बढाउँदै २० नयाँ सैन्य शिविर बनाएपछि भारतलाई तनाब

    अनलाइन नेपाल
  • मंगलबार, २३ मंसिर २०७७
  • 2.6K
    SHARES

    एजेन्सी। पूर्वी लद्दाखमा गत मे  देखि भारत र चीनबीच वास्तविक नियन्त्रण रेखा (एलएसी) मा सैन्य अवरोधको स्थिति रहेको छ।

    दुबै देशको सेनाले एलएसी नजिक ठूलो संख्यामा सैन्य बल खटाएको छ। यो गतिरोध समाधान गर्न दुबै पक्षले धेरै चरणमा वार्ता गरेका छन् तर उनीहरूले कुनै ठोस नतिजा प्राप्त गर्न सकेका छैनन्।



    डोकलाम विवादको समय भारतबाट कडा चुनौतीको पाठ लिएर चिनियाँ सेनाले आफूलाई सुदृढ पार्न थालेको छ। नयाँ सूचनाका अनुसार चिनियाँ सेनाले भारतीय सेना विरुद्धको तयारीलाई सुधार गर्न थुप्रै सैनिक शिविरहरू निर्माण गरेको छ।



    आजतकका अनुसार  शीर्ष सरकारी अधिकारीहरूले  चिनियाँ सेनाले एलएसीको गहिरा ठाउँमा २० भन्दा बढी सैन्य शिविरहरू निर्माण गरेको छ।

    यो सैनिक शिविर बनाउनुको पछाडि तिनीहरूको उद्देश्य भारत विरुद्धको तयारीलाई सुदृढ पार्नु हो। शीर्ष अधिकारीका अनुसार यो शिविर भारतसँगको स्पट पछि निर्माण गरिएको हो, जहाँ सेनासँग सम्बन्धित सबै आवश्यक वस्तुहरू राखिएका छन्।

    अमेरिकाका एक प्रभावशाली सांसदले लद्दाखमा भारतीय सिमाना नजिक चीनको चलिरहेको निर्माण गतिविधिको समाचारमा चिन्ता व्यक्त गर्दै यदि यी रिपोर्टहरू सत्य नै भएमा यो चीनको उत्तेजक कदमहुने वताएका थिए ।

    डेमोक्र्याटिक पार्टीका सांसद राजा कृष्णमूर्तिले भने, ‘यदि यो खबर सही छ भने चिनियाँ सेनालाई जमीनी तथ्यहरू परिवर्तन गर्न उक्साउने यो अर्को कदम हुनेछ।’

    उनले भने, ‘यो दक्षिण चीन सागरमा उसको (चीन) को व्यवहार जस्तै हो, जहाँ उसले एउटा टापु बनाइरहेको छ र तथ्यलाई परिवर्तन गर्न खोजिरहेको छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार