Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • चोरीमा संलग्न पाँच जना पक्राउ

    चोरीमा संलग्न पाँच जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ मंसिर २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरीवृत्त सोर्हखुट्टेले चाेरीमा संलग्न रहेका पाँच जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक राजन तामाङ, ओखलढुंगा सिद्धिचरण नगरपालिकाका देबराज दाहाल, सिन्धुपाल्चोकका रामचन्द्र चालिसे, काभ्रेपलाञ्चोकका राम तामाङ र राजन तामाङ रहेका परेका प्रहरीले जनाएकाे छ।



    काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका-२ घर भएकी माइली तामाङको घरको कोठामा रहेको गहना चोरीमा संलग्न रहेकाे आराेपमा प्रहरीले राजन तामाङलाई पक्राउ गरेको हो । चोरीका गहना ठमेलस्थित ड्यागन डान्सबारमा राखेकाे तामाङले स्वीकार गरेका छन् ।



    प्रहरीले पक्राउ गरेपछि सोधपुछको क्रममा राजनले गहना चोरेकाे स्वीकारेका थिए । त्यस्तै ओखलढुंगा सिद्धिचरण नगरपालिका बस्ने देबराज दाहाल सुन जस्तो पहेलो धातुसहित पक्राउ परेका हुन् ।

    यस्तै सिन्धुपाल्चोकका रामचन्द्र चालिसे, काभ्रेपलाञ्चोकका राम तामाङ र राजन तामाङ पनि चोरी अभियोमा पक्राउ परेका हुन् । यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार