Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • सुन खरिद गर्ने भन्दै १३ लाख ५० हजार लिएर भाग्ने ५ जना पक्राउ

    सुन खरिद गर्ने भन्दै १३ लाख ५० हजार लिएर भाग्ने ५ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २१ भाद्र २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । सुन खरिद गर्ने बहानामा १३ लाख ५० हजार रुपैयाँ चोरेर भाग्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    उनीहरुले गएकाे बिहीबार बेलुका काठमाडौं गोकर्णेश्‍वर नगरपालिका ५ जोरपाटी बस्‍ने उदयपुर चौदण्डी नगरपालिका ४ घर भएका ३७ वर्षीय निराहाङ राईलाई सुन खरिद गर्ने बहाना बनाई बुढानिलकण्‍ठ नगरपालिका ११ आनीगुम्बा कपनस्थित सडकमा बोलाई उक्त रकम चोरी गरेका थिए ।



    पक्राउ पर्नेहरुमा टोखा नगरपालिका-७ बस्‍ने ३२ वर्षीया विष्णु थापा, काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ माकलबारी बस्‍ने २७ वर्षीय मेघ बहादुर तामाङ, भक्तपुर मध्यपुर ठिमी नगरपालिका ९ बस्‍ने २८ वर्षीय रुगेन लामा (गोले), बुढानिलकण्ठ नगरपालिका १० कपन बस्‍ने २३ वर्षीय आकाश स्याङबो र सर्लाही हरिबन नगरपालिका ५ घर भएका २२ वर्षीय विशाल लामा रहेका छन् ।



    महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुको साथबाट नगद ८ लाख ७ हजार रुपैयाँ, बा २४ प २८६७ र प्रदेश नम्बर ३–०२–०१३ प ३३८० नम्बरको मोटरसाइकल, ४ थान मोबाइल र ५ थान सिम समेत प्रहरीले बरामद गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार