Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रचण्डले भने- संविधानविरूद्ध ओलीले संसद विघटनकाे निर्णय गरेर गणतन्त्रमाथि ‘कू’ गरे

    प्रचण्डले भने- संविधानविरूद्ध ओलीले संसद विघटनकाे निर्णय गरेर गणतन्त्रमाथि ‘कू’ गरे

    अनलाइन नेपाल
  • आइतबार, ५ पुष २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले संविधानविरूद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनकाे निर्णय गरेर गणतन्त्रमाथि ‘कू’ गरेकाे बताएका छन् ।

    आइतबार बिहान आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गरेका थिए । ओली भने संसद विघटनको प्रस्ताव लिएर शीतल निवास पुगिसकेका छन्



    नेपालको अहिलेको संविधानमा संसद विघटनको प्रावधान छैन । संसदबाट सरकार गठन हुन नसकेको अवस्थामा बाहेक संसद विघटन गर्ने अधिकार कसैलाई छैन । संविधानमै नभएको अधिकार प्रयोग गरेर ओलीले विघटन गर्न सिफारिस गरेका हुन् ।



    ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरे लगत्तै छलफलका लागि बालुवाटार पुगेका प्रचण्डलाई ओलीले भेट्न नमानेको र आफूहरु फर्किदै गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताए । संसद विघटन गर्ने निर्णयको सर्वत्र विरोध भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार