Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • पछिल्लाे २४ घण्टाकाे काेराेना अपडेट

    ५८८ जनामा संक्रमण, १ हजार ९७ जना डिस्चार्ज, ११ जनाकाे मृत्यु

    ५८८ जनामा संक्रमण, १ हजार ९७ जना डिस्चार्ज, ११ जनाकाे मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ५ पुष २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । नेपालमा आज थप ५८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५३ हजार ७७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा १ हजार ९७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ४३ हजार ६६४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ३२० रहेको छ ।



    नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ७ सय ८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार