Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रधानमन्त्री पद नपाए नेपाल बन्द गर्छौ : प्रचण्ड

    प्रधानमन्त्री पद नपाए नेपाल बन्द गर्छौ : प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, ९ पुष २०७७
  • 4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद पुनःस्थापना नभए नेपाल बन्द गर्ने चेतावनी दिएका छन् ।

    आफु पक्षिय केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै उनले संसद पुनःस्थापना गरेर आफु प्रधानमन्त्री नभएसम्म आन्दोलन जारी राख्ने बताएका हुन् ।



    संसद पुनःस्थापनाका लागि कडा संघर्ष गर्ने र नेपाल बन्दसम्म पनि हुनसक्ने भन्दै प्रचण्डले भने ‘आन्दोलनमा नेपाल बन्दसम्म पनि हुनसक्छ । कडा नै हुन्छ । साहस गरौं,’ प्रचण्डले भने, ‘दिमागमा कुनै बोझ छ भने हटाइदिनु । आन्दोलन गर्ने हो । आफ्नो प्रदेशमा अब कयौं गुणा बढी सक्रिय र त्याग गर्नुपर्नेछ ।’



    आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीबाट साढे दुई वर्षसम्म अपमान सहेको समेत उल्लेख गरे । यद्यपी के गरेर अपमान गरे भनेर उनले खुलाएनन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि संसद पुनःस्थापनाको माग राख्दै प्रचण्डसहितका नेताहरुले सर्बोच्च अदालतमा निबेदन दिएका छन्।

    सर्बोच्चको संबैधानिक इजलासबाट यो बिबादको निरुपण हुने वताइएको छ। अर्कोतिर निर्वाचन आयोगले नेकपा र चुनाव चिन्ह्बारे पनि निर्णय गर्न बाँकी छ।

    आजै मात्र प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कार्यकारी अध्यक्षबाट हटाएको छ ।

    ओली पक्षले पार्टीको विधान संशोधन गरेर निर्वाचन आयोगमा दर्तासमेत गराइसकेकाे छ । बिहीबार आयोगमा दर्ता गराइएको संशोधनमा पार्टीका आधिकारिक दस्तावेज र पत्रहरुमा प्रथम अध्यक्षको मात्रै हस्ताक्षर ‘चल्ने’ बनाइएको छ ।

    यसअघि नेकपाका दुवै अध्यक्षको हस्ताक्षर चल्ने व्यवस्था थियो ।

    यस्तै बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजक समेत तोकेको छ । त्यहाँ प्रचण्ड -माधव नेपाल निकटका नेताहरुलाई हटाएर ओलीले आफू पक्षका नेताहरुलाई जिम्मेवारी दिएका हुन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार