Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चीन पछि भारतीय राजदूतको सक्रियता बढ्यो, ऊर्जामन्त्री रायमाझीसँग भेटवार्ता

    चीन पछि भारतीय राजदूतको सक्रियता बढ्यो, ऊर्जामन्त्री रायमाझीसँग भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, १४ पुष २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीसँग भेटवार्ता गरेका छन् ।

    भेटवार्तामा नेपाल–भारत संयुक्त परियोजनाहरुको कार्यान्वयन र द्विपक्षीय ऊर्जा सहकार्यलाई अघि बढाउने विषयमा छलफल भएको राजदूताबासले जनाएको छ ।



    भेटमा राजदूत क्वात्राले मन्त्री भएकोमा शुभकामना ब्यक्त गरेका थिए ।



    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि नेकपा टुक्रिएसँगै पूर्व माओवादी पृष्ठभूमिका रायमाझी मन्त्री बनेका हुन् ।

    रायमाझीले कार्यकारी अध्यक्ष रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ को साथ छोडेपछि प्रधानमन्त्री ओलीले गत शुक्रबार उनलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

    नेकपा फुटेर ओली समूह र प्रचण्ड–नेपाल समूह बनेपछि छिमेकी मुलुक चीनले बढि चासो देखाउँदै आएको छ । चिनियाँ राजदूत होउ यान्छीले कम्युनिष्ट नेताहरुसँग भेटेर पार्टी नफुटाउन आग्रह गरेकी थिइन् ।

    जसले गर्दा अलि बढि नै सक्रियाता बढ्यो भनेर यान्छी विवादमा पनि तानिएकी थिइन् । हुनत चिनियाँ टोली नै आएर नेकपालाई एक गराउने प्रयास पनि गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार