Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपालका लागि भारतीय राजदूत क्वात्रा विदेश सचिवमा नियुक्त

    नेपालका लागि भारतीय राजदूत क्वात्रा विदेश सचिवमा नियुक्त

    अनलाइन नेपाल
  • सोमबार, २१ चैत्र २०७८
  • 903
    SHARES

    काठमाडौं । भारत सरकारले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई विदेश सचिवमा नियुक्त गरेको छ ।

    सोमबार भारत सरकारले विज्ञप्ति जारी गर्दै क्वात्रालाई विदेश सचिवमा नियुक्त गरेको जानकारी दिएको हो ।



    क्वात्रा सन् १९८८ देखि कूटनीतिक सेवामा प्रवेश गरेका थिए । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सँगै गएका क्वात्रा दिल्लीमै छन् ।



    क्वात्राले यसअघि भारत सरकारको विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवको रुपमा काम गरिसकेका थिए । २०१० देखि २०१३ सम्म उनले अमेरिकास्थित भारतीय दूतावासमा पनि काम गरेका थिए ।

    २०१३ को जुलाइदेखि २०१५ अक्टोबरसम्म क्वात्राले विदेश मन्त्रालयको नीति योजना र अनुसन्धान विभाग साथै विदेश मन्त्रालयस्थित अमेरिका डिभिजनको प्रमुखको रूपमा पनि काम गरेका थिए ।

    यस क्रममा संयुक्त राज्य अमेरिका र क्यानडासँग भारतको सम्बन्ध विस्तारको क्षेत्रमा उनको भूमिका थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार