Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मोदीले लुम्बिनी भ्रमण गरेको भोलिपल्ट भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त

    मोदीले लुम्बिनी भ्रमण गरेको भोलिपल्ट भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, ३ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको भोलिपल्ट नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त भएका छन् ।

    भारतको विदेश मन्त्रालयले श्रीवास्तवको नियुक्तिको घोषणा गरेको हो।



    भारतीय विदेश मन्त्रालयले श्रीवास्तवलाई राजदूत नियुक्त गरिएको औपचारिक जानकारी दिएको छ ।



    श्रीवास्तव, १९९३ ब्याचका भारतीय विदेश सेवा, हाल एमईएमा अतिरिक्त सचिवको रूपमा सेवा गरिरहेका छन् ।

    नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा भारतको विदेश सचिवमा बढुवा भएर गएपछि राजदूत पद खाली रहेको थियो ।

    श्रीवास्तवलाई नेपाल-भारतबीचको चिसिएको सम्बन्धलाई अगाडि बढाउने जिम्मेवारीसहित राजदूतमा सिफारिस गरिएको वताइएको छ।

    श्रीवास्तव चीनसँग कुटनीतिक तथा सैन्य संवादका लागि महत्त्वपूर्ण भूमिका खेलेर भारतमा प्रशंसा पाएका व्यक्ति हुन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार